खेल

विश्वको सबैभन्दा धेरै कमाउने रेस्लर को ? यस्तो छ सूची

विश्वको सबैभन्दा धेरै कमाउने रेस्लर को ? यस्तो छ सूची

काठमाडौं । विश्वभरिका खतरनाक रेस्लरहरु पनि एक हो । तर रेस्लरहरुको कमाइ चाँहि कति छ ।

चर्चा गरौं ।  

गत वर्ष सन् २०१६ मा ब्रक लेसनरले डब्लुडब्लुइ युनिभर्सल च्याम्पियनसिप प्रतियोगिताबाट सबैभन्दा धेरै करिब १२४ करोड रुपैयाँ १२ मिलियन डलर कमाएर उनी रेस्लर संसारमा यो वर्ष सबैभन्दा धेरै कमाउने सूचीको पहिलो नम्बरमा परेका छन् ।

उनले सन् २०१५ मा केहि कम रकम कमाएका थिए । तर, गत वर्षको रेसलमेनियाको ‘रोमन रिङ’ निकै राम्रो प्रदर्शन गरेपछि डब्लुडब्लुइ युनिभर्सल च्याम्पियनसिपमा उनको भाउ एकाएक बढेको थियो ।

रेसलमेनिया प्रतियोगिताबाट करिब ७८ करोड रुपैयाँ ९१२ मिलियन डलर० कमाएका उनले डब्लुडब्लुइ च्याम्पियनसिपमा काम गरेबापत वार्षिक करिब ६७ करोड ६.५ मिलियन डलर लिने गर्छन् ।

 तर, सन् २०१६ मा डब्लुडब्लुइ युनिभर्सल च्याम्पियनसिपमा सबैभन्दा बढी कमाउने पहिलो नम्बरमा जोन सिना थिए । पहिलो नम्बरमा परेका जोन जोन सिना अहिले करिब ९८ करोड रुपैयाँ ९.५ मिलियन डलर कमाएर यो सूचीको दोस्रो नम्बरमा परेका छन् ।

जोन सिनाले पछिल्लो समय काँधको शल्यक्रिया गरेपछि पाँच महिना घरमै आराम गरेका थिए । त्यसपछि उनलाई ‘फक्स’ टेलिभिजनले सन् २०१६ को दोस्रो सिजनको तीन महिना हटाइदिएको थियो ।

त्यसपछि जोन सिनाले सन् २०१६ मै अमेरिकाको ‘रेस्लर ग्रिट’ च्याम्पियनसिमा ‘डेब्यु’ गरेका थिए । जोन सिना फक्स टेलिभिजनकै रियालिटी शोहरुमा पनि देखापरेका थिए । उनले फक्स टेलिभिजनकै ‘इएसपीवाई’ र ‘शनिबारको रात’ नामक कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाएका छन् ।

साथै, अहिले उनी विभिन्न एनिमेटेड फिल्महरुमासमेत आफ्नो आवाज दिइरहेका छन् ।

 यी दुईबाहेक फोर्ब्स म्यागजिनले निकालेको सन् २०१७ को सबैभन्दा धेरै कमाउनेको रेस्लरको सूचीमा ट्रिपल एचले करिब ४० करोड रुपैयाँ ३.८ मिलियन डलर कमाएर तेस्रो नम्बरमा परेका छन् ।

त्यस्तै, रोमन रेगिंसले करिब ३७ करोड रुपैयाँ ३.५ मिलियन डलर कमाएर चौथो नम्बरमा परेका छन् । करिब २९ करोड रुपैयाँ २.७ मिलियन डलर कमाएर डिन एम्ब्रोज यो सूचीको पाँचौ नम्बरमा परेका छन् ।

विश्व रेस्लिङ जगतमा सबैभन्दा धेरै कमाउनेको सूची सन् २०१६ मा डब्लुडब्लुइ च्याम्पियनसिपको क्यालेन्डरमा आधारित सार्वजनिक ‘फाइलिङ’मा सबैभन्दा धेरै बुकिङ, सम्झौता र उनीहरुले लिएको पारिश्रमिकमा आधारित रहेको छ ।

त्यस्तै, क्षमता, प्रत्यक्ष प्रसारणमा सहभागिता, विज्ञापनमा अनुबन्ध र अरु आयस्रोतलाईसमेत समावेश गरिएको छ ।

गत वर्ष डब्लुडब्लुइ च्याम्पियनसिपमा भाग लिने प्रतियोगीहरुले टेलिभिजन रोयल्टीबाटमात्रै करिब १२५ करोड रुपैयाँ ९१०८ मिलियन डलर० पाएका थिए ।

विशेष