मनोरञ्जन

नायिका अरुणिमा लम्सालले गरिन डिभोर्स

नायिका अरुणिमा लम्सालले गरिन डिभोर्स

काठमाडौं । अमेरिका बस्दै आएकी अभिनेत्री अरूणिमा लम्सालले डिभोर्स गरेकी छन् । उनले पति अमित अर्यालसँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई एक साताअघि टुंग्याएको अरूणिमा निकट एक फिल्मकर्मीले पुष्टि गरेका छन् ।

हाल अरूणिमा आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन् । ती फिल्मकर्मीका अनुसार, अरुणिमा र पति अमितबीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । उनीहरूबीच केही महिनायता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरूबाट एक छोरी छन्।

 अमेरिका जानुअघि नै दुबैजनाले छुट्टिने मनसायसाथ गएको बताइन्छ । सोही योजना अनुसार उनीहरूले नेपालमै छँदा सम्पत्तिको भागबन्डा गरेका थिए । ती फिल्मकर्मीका अनुसार, हाल बाल्टिमोरमा बस्दै आएकी अरूणिमाले पतिले आफूलाई अनावश्यक शंका गर्ने र स्वतन्त्रतामा बन्देज लगाउने गरेकाले छुट्टिने निर्णय गरेको आफूसँग बताएको जानकारी दिए ।

उता अरूणिमाका पतिले पनि आफूले स्वतन्त्रता दिए पनि अरूणिमाले त्यसको सम्मान नगरेको गुनासो राख्ने गरेका थिए । अमितसँग विवाहपछि पनि अरूणिमाले फिल्ममा अभिनय गर्दै आएकी थिइन् । तर, उनको करिअरले गति लिन सकेको थिएन । करिअर धरमराएपछि उनी अमेरिका गएकी थिइन् ।

विशेष