खेल

भारतलाई हराउँदै नेपाल साफ यू–१८ च्याम्पियन, दिनेशले गरे २ गोल

भारतलाई हराउँदै नेपाल साफ यू–१८ च्याम्पियन,  दिनेशले गरे २ गोल

काठमाडाै‌ । चिरपरिचित प्रतिद्वन्दी भारतलाई २–० गोलले पराजित गर्दै नेपाललेसाफ यू–१८ फुटबलच्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जितेको छ। बुधबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरे ।

दिनेशले खेलको तेस्रो मिनेटमै गोल गरेर नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले फ्रिकिक बलमा लोभलाग्दो गोल गरे। ३७ मिनेटमा दिनेशले अर्को सानदार गोल गरे ।  

पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका ३ खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो । पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पराजित गरेर उपाधि कब्जा गरेको हो । नेपाल र बंगलादेशले समान ३–३ खेलमा जित र १–१ खेलमा हार बेहोरे । दुवै टिमले समान ९–९ अंक जोडे । भारत र भुटानले समान ६–६ अंक जोडे । माल्दिभ्स भने सबै खेलमा पराजित भयो ।

नेपालले तेस्रो खेलमा बंगलादेशलाई २–१ गोलले हराएको थियो। त्यहि जित नेपालको उपाधि यात्रामा महत्वपूर्ण साबित भयो। पहिलो खेलमा भुटानसँग १–० गोल पराजित हुँदा नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलले पराजित गरेको थियो ।

बुधबार नै भएको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएकाले नेपालको लागि उपाधि यात्रा सहज भनेको थियो ।

दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई नै हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू–१८ उमेरसमूहमा गरिएको हो ।

विशेष