खेल

दूधे गोल्डकपको उपाधि ब्वाइज युनाइटेडले जित्यो

दूधे गोल्डकपको उपाधि ब्वाइज युनाइटेडले जित्यो


झापा  । दूधे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित दूधेमा बुधबार सम्पन्न फाइनल खेलमा ‘सडन डेथ’मा विभागीय टोली सशस्त्र प्रहरीलाई ८–७ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित् समयमा दुवै टोलीका तर्फबाट २–२ गोलको बराबरी भएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो ।

टाइब्रेकरमा दुबै टोलीका तर्फबाट ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको हो । चर्च ब्वाइजका तर्फबाट सडन डेथमा विदेशी खेलाडी पिटर सेगुनले गरेको गोल नै उपाधिका लागि निर्णायक भयो ।

उपाधिसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँ जितेको छ । उपविजेता सशस्त्रले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजका छिरिङ गुरुङ ‘म्यान अफ द फाइनल’ घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका कप्तान वर्षात् गुरुङ घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता ३ गोल गर्ने सशस्त्रका युवराज खड्का भए ।

विशेष