समाज

दोलखा भीमसेनको मूर्तिमा ‘पसिना’ आयो, जनतालाई अनिष्ट हुने

दोलखा भीमसेनको मूर्तिमा ‘पसिना’ आयो, जनतालाई अनिष्ट हुने

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको मूर्तिमा ‘पसिना’ आएको छ ।

मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा भीमेश्वरको शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको र बीचमा रोकिएको थियो । पुनः अपराह्न पौन ४ बजेदेखि बायाँपट्टि र शिलाको बीच भागबाट पसिना आएर रोकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

मूर्तिको दायाँपट्टि पसिना आउँदा राजापक्ष र बायाँपट्टि पसिना आउँदा जनतालाई अनिष्ट हुने मान्यता रहँदै आएको छ ।  भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीयरुपमा क्षमापूजा–अर्चना गरेका छन् ।

यसअघि, २०६२-०६३ को जनआन्दोलन सुरु हुनुभन्दा एक महिनाअघि पनि यसैगरी पसिना आएको थियो भने राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा डेढ महिनाअघि पनि यसैगरी पसिना आएको बताइन्छ ।

त्यस्तै, १९९० सालको भुइँचालो जानुभन्दाअघि पनि भीमेश्वरको मूर्तिमा पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विशेष