दशै विदामा बिदेश घुम्न जानु नक्कल पार्नु मात्र.... (भिडियोसहित)
डा. चीन्तामणी योगी
दर्षनशास्त्री, अध्यक्ष नेपाल हिन्दु पिठ
चीन्तामणी योगी गुरुजिको संस्कृती, धर्म, प्रवचन अध्यन अध्यापनका साथै दर्षनमा उहाको दखल रहेको छ । प्रखर बक्ताको रुपमा उहा देश बिदेशमा गएर हिन्दुधर्मलाई जिवनपर्यन्त बनाउन लागिपरिरहनु भएको छ । नामलेनै सबैसंग माया गर्ने सबैसंग रमाउने भन्ने संदेश दिएकोले आफूपनि यो समाजलाई योगदानदिनलाई बिवाह नगरी बसेको बताउने चीन्तामणी योगीजी आफूलाई एक्लो जिवन बिताउन परेकोमा मनको भारी गाह्रो गरि बढेकोमा चिन्तित देखिनुहुन्छ । तर समाजमा बिवाहगरि बसेका मानिसहरुपनि शुख र शान्तीले बस्न नसकेको देखेकाले चित्तपनि बुझाउनु हुन्छ ।
अविबाहीत रहनु र ब्रम्हचार्यरहनुमा फरक देख्ने योगी जी, यौनसंपर्कमा पनि धर्म हुनुपर्दछ भनेर भन्दछन् । धर्मलाई जगमा राखेर सेक्स गर्दामात्र मोक्ष प्राप्त गर्नसकिन्छ, यस्तो सेक्सलेमात्र मानिसले जिवनको उत्तरार्धमा पछुताउनु पर्दैन । अन्यथा मानिसको जिवन सफल नहुने उनको बिस्वास छ ।
भर्खरै भारतमा एकजना धर्मभिरुबाबा रामरहिम जसले सच्चा सौदा डेरा नामक धार्र्मीक अनुष्ठान खोलेका थिए । उनका लाखौँ अनुयायीहरु पनि छन् तर उनलाई हरियाणा अदालतले भर्खरैमात्र १५ वर्षअघि एकजना महिलालाई बलात्कार गरेको अभियोगमा जेलसजाय सुनाएको छ र उनि अहिले काराबारको जिवन बिताईरहेका छन् । यस्तै कर्तुत आशारामले पनि गरेका थिए । उनिहरु धार्मीक व्यक्ती नभई धर्मको व्यापार गर्ने व्यापारीको संज्ञापनि दिन्छन् । उनिहरु धार्मीकत बने तर आध्यात्मीक बन्न सकेनन् । आध्यात्मीकता भनेको नैतिकता पनि हो तर ति ब्यक्तीहरु नत धार्मीकनै हुन नत आध्यात्मीकनै हुन, ति त आडम्वरका व्यपारी हुन, त्यसैले नेपालीहरुसमेत उनिहरुको चलाखिबाट बच्नु पर्ने बताउँछन् ।
बेद, गीता जस्ता हिनदुधर्मका ग्रन्थहरुमा अनेकौ विज्ञान छ, जिवन छ, चिन्तन छ, त्यसको तुलनामा बाईबल तथा कुरानहरु एकछेउ पनि छैनन् । बाईबल र कुरानहरु केवल आचारसंहीतामात्र हुन् । हाम्रा धर्मग्रन्थहरुसंग तुलनानै गर्न मिल्दैन । धर्म प्रचार गर्न पाईन्छ तर धर्म परिवर्तन गर्न पाईदैन । त्यसैले धर्मपरिवर्तन गर्दै हिड्नेहरु अवशरबादीमात्र हुन् ति धर्म व्यपारीमात्र हुन् । आफ्नो मुलुक, आफ्नो माटो, आफ्नो इतिहास विर्सेर अरुको भुगोलको इतिहासलाई शिरोधार्य गरेर केही कसैको भलो हुदैन ।
दशैंमा देश छोडेर बिदेश घुम्न जानु कुनैपनि शभ्य मानीसको नैतिकता होइन् । हाम्रो देशमा मात्र यति ठुलो र बडा दशैंको रुपमा विश्वमानै मानाइरहेका छौं । दशैं केवल चाड होइन, योत उत्सव हो । १५ दिन सम्म मनाईने यो चाडको महत्व संसारका कुनै पनि धर्मसंग छैन् । जमराको अनिवार्यतालाई दशैंलेनै जाहेर गर्दछ ।
जमरा शीरमा राख्दा शक्तिलाई शीरोपर गर्नु हो । रातो टिका लगाउनु यसको बिशेषता हो । तर खसि काटेर मासु खानु त एकदम डरलाग्दो बिकृतीको रुपमा लिनु पर्छ । यो त सोझै देवी देवताको अपमान हुन्छ ।