कंकाली मन्दिरमा करिव पाँच सय राँग र १२ हजार खसिबोकाकोको बलि
राजविराज, सप्तरी: सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ ।
हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । गत वर्ष ५०७ राँगाको बलि दिइएको थियो ।
आफ्नो मनोमामना पूरा भएपछि नेपाल र छिमेकी भारतबाट पनि बलिका लागि मानिसहरु यहाँ आउने गरेको पण्डित मृकुञ्जय झाले बताउनुभयो ।