फिल्म नचलपछि शिल्पाले पोखिन् निर्माण टिमसँग यस्तो आक्रोश

काठमाडौं । भदौ ८ गते नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणर्थी’ रिलिज भयो । तर, फिल्म चल्यो भन्ने कुरा दर्शकको कानसम्म पनि पुग्न सकेन । अन्तत फिल्म फ्लप भयो ।
दुःखको कुरा उक्त फिल्ममा शिल्पावाहेक चिनिएका अनुहार अरु कोही थिएनन् । फिल्मले पैसा कमाउने त परको कुरा, फिल्म आए गएकोसमेत पत्तो भएन । कारण, फिल्मको शून्य प्रचार ।
फिल्मको प्रत्यक्ष असर बक्स अफीस र शिल्पाको छविमा परेपछि आक्रोशित बनेकी शिल्पाले फेसबुकमा स्छटाट लेखिन्, ‘फिल्म बनाउनु ठूलो कुरा होइन । फिल्म चलाउनु सबभन्दा गाह्रो हुरा हो भनेर सबैले निर्माताहरुले बुझ्नुपर्ने हो । फिल्म बनाउनुस् तर दर्शकको कानसम्म पुर्याइदिनुस् कि फिल्म यति गते चल्दै छ भनेर ।’
Shilpa POkhrel