आमीरसँग फिल्म खेल्न प्रियंकाले सञ्जय लीला भन्सालीको प्रस्ताव अस्वीकार गरेपछि

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र आमीर खानले एस्ट्रोनट राकेश शर्माको बायोपिकमा सँगै काम गर्ने भएका छन् ।
आमीर खानको यसै फिल्ममा साइन गर्नका लागि प्रियंकाले सञ्जय लिला भन्सालीको फिल्ममा काम गर्न अस्वीकार गरेको भारतीय मिडियाले जनाएको छ । यसअघि प्रियंकालाई साहिर लुथियानवीको बायोपिकमा अमृता प्रितमको भूमिका निभाउने मौका दिइएको थियो । तर, उनले अस्वीकार गरिदिइन् ।
उक्त बायोपिकमा आमीर एन्स्ट्रोनट राकेश शर्माको भूमिका निभाउँदै छन् भने प्रियंका आमीरको अपोजिटमा देखिदैँ छिन् ।
priyanka chopra