मनोरञ्जन

पूजालाई फिल्मको अफर नआएकै हो त ?

पूजालाई फिल्मको अफर नआएकै हो त ?

काठमाडाै‌‌ । प्रेमगीत व्यवसायिक रुपमा अब्बल साबित भयो । हिरोइन पूजा शर्मा आम दर्शकमाझ परिचित भइन् । तर। डेढ वर्ष लाग्यो, उनको अर्को फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज हुन । पल शाहसँग पूजाको ‘केमेस्ट्री’ खुब रुचाइयो ।

तर, फेरि उनी अन्य फिल्ममा अनुबन्ध भएकी छैनन् । जब की, हामी कहाँ हिटमात्र होइनन् फ्लप फिल्मका हिरोइलाई पनि भ्याइनभ्याइ हुन्छ । पूजा चाहीँ बिलकुल भिन्न । कतै अफर नै नआएको त होइन ? चर्चा चल्न थालिसकेको छ । तर, यसलाई उनी नकार्छिन् ।

चुलबुले भूमिकामा रुचाइएकी यी हिरोइन भन्छिन्, ‘आफ्नै प्रोडक्सन हाउस खोल्दै छु । मेरो फोकस त्यसमै छ । त्यसैले अरु प्रोजेक्टमा जोडिन सकेकी छैन । तैपनि, चित्तबुझ्दो स्क्रिप्ट र टिमसँग काम गर्न तयार छु ।’

नेपाल साप्ताहिकबाट

 

Puja Sharma

विशेष