पन्ध्र जिल्लाका चौबीस जनामा डेङ्गु सङ्क्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ ।
डेङ्गु रोगले २४ जना सङ्क्रमित भएपनि मानवीय जोखिम भने भएको छैन । बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन् ।
पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउँछन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ ।
यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ । त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन् ।
dengue mosquito nepal