मनोरञ्जन भिडियो

पहिलो ‘नेपाल आइडल’ विक्रम राई हुन् (भिडियोसहित)

पहिलो ‘नेपाल आइडल’ विक्रम राई हुन् (भिडियोसहित)

अबको केही हप्तापछि नेपालको पहिलो आइडल छाननिनेछ । बजारमा नेपालको पहिलो आइडल को बन्ला भनेर होडबाजी नै चल्न थालिसकेको छ । यस्तै सेरोफेरोमा रहेर संगीतकार ओमप्रकाश राईले पनि नेपालको पहिलो आइडल निशान भट्टराई हुनुपर्ने बताएका छन् । नेपालआजसँगका कुराकानीमा निशानको गायकीको खुलेरै तारिफ गरे संगीतकार राईले ।

तर, यसअघि पनि संगीतकार राईका टोलीले नेपाल आइडलको कार्यक्रम आयोजना गरेका थिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रम अन्तर्राष्ट्रिय फ्रेन्चाइज त थिएन तर नेपाल आइडल नै थियो । त्यसैबाट नेपालका पहिलो आइडल छानिएका थिए विक्रम राई । अहिले नेपालको पहिलो सम्भावित आइडल भनेर अरुलाई नै पगरी दिइने हुँदा विक्रम रिसाइरहेको राईले बताए ।

यस विषयमा भने संगीतकार राई विस्तृत रुपमा बोल्न मानेनन् । यति बताए की, ‘कहिलेकाँही केही राम्रो हुने छ भने आफू झुक्न पनि तयार हुनुपर्छ ।’ आफूले एपिवानसँग नेपालको पहिला आइडलको लागि सम्झौता नै गर्नुपरेको भन्दै उनले थपे, ‘हामीले यदि पहिलाको विवादलाई ल्याउन खोजेका भए यो नेपाल आइडल नै हुँदैनथ्यो सायद । हामीले विवादलाई उल्ट्याउन चाहेनौँ ।’

नेपाल आइडलजस्तो कार्यक्रम सञ्चालन हुँदा धेरैले अवसर पाउँदा पाउँदै पनि धेरै विवादमा मुछिएको र पहिलाको विवादले झनै ओझेलमा पार्ने मनासाय नभएको उनले प्रष्ट्याए । केही दिनअघि रामकृष्ण ढकालले आइडलको निर्णयक मञ्चमा पुगेर आफ्नो मनपर्ने प्रतिस्पर्दीको खुलेर तारिफ गर्दा उनको चौतर्फी आलोचना भयो । यसमा राईले व्यक्तिगत धारणा राख्दै भने, ‘आफूलाई मनपर्नेको नाम लिन पक्कै पाइन्छ । यसमा कुनै विवाद ल्याउनुपर्ने विषय देखिँदैन ।’

संगीतकारलाई विशेषगरि पर्दा पछाडिको हिरो भनिन्छ । उनीहरुले भरेको संगीतमा गायकहरुले गाउँछन् । तर हिट हुने बेलामा गायकको नाम आउँछ । औसत मानिसहरुले चिन्दा पनि संगीतकार भन्दा पनि बढि गायकलाई चिन्ने गर्छन् । तर, यस्तोमा आफ्नो केही दुःख र गुनासो नभएको उनी बताउँछन् ।

पहिला भन्दा संगीत क्षेत्रले धेरै फड्को मारेको उनको अनुभवले बताउँछ । विश्व बजारमा जस्तै भारत, मालेसियामा नेपाली संगीतलेको माहोल धेरै राम्रो रहेको आफूले देखेको उनले बताए । २०४८ सालदेखि उनी निरन्तर संगीतमै लागिरहेका छन् । धरानमा पहिलो ‘म्युजिकल इन्चिट्युट’ खोलेरै उनको सांगीतक यात्रा सुरु भएको थियो । संगीत शिवाय अन्ततिर उनको लगाव छैन । दशकौँ बितिसक्दा दुःख सुख गर्दै संगीतमै जीवन चलिरहेको उनले बताए ।

शिव परियार, राजेश पायल। प्रमोद खरेल, अञ्जु पन्त, मेलिना राईको स्वर मन छुने लाग्ने बताउँदै संगीतकारमा राजनराज शिवाकोटीको संगीत मनपर्ने पनि बताए ।

Nepal Idol Om Prakash Rai

विशेष