मनोरञ्जन

श्रीमानलाई छोडेर यसकारण सैलुनको व्यवसाय गरिन् रनबीरकी आमाले

श्रीमानलाई छोडेर यसकारण सैलुनको व्यवसाय गरिन् रनबीरकी आमाले

एजेन्सी । बलिउड अभिनेता ऋषी कपूरु आज ६५ वर्ष भएका छन् । ऋषीले पहिलो पटक बुबा राज कपूरको फिल्म ‘मेरा नाम जोकर’ मा काम गरेका थिए । त्यसको लागि उनलाई राष्ट्रिय अवार्ड पनि हात पर्यो । ऋषीको जीवनमा नीतूसँगको विवाह पछि धेरै ट्वीस्ट आएको बताइन्छ ।

ऋषी र नीतूले सन् १९७३ देखि १९८१ सम्म एकसाथ १२ वटा फिल्ममा काम गरे । दुईबीच प्रेम सम्बन्ध रहेपछि यी दुवैले १९८० मा विवाह गरेका थिए । विवाह पछि दुबैले छोरी रिद्धिमा र रनबीरलाई जन्म दिए । तर, १९९० बाट उनीहरुको सम्बन्धमा धेरै अवरोधहरु आयो । ती अवरोधहरुकै कारण ऋषीले अत्याधिक मदिरा सेवन गर्न थाले । नशामा उनले नीतूलाई पनि हात हाल्न थालेपछि नीतूले ऋषीको विरुद्ध डोमेस्टिक भायोलेन्सको केस दर्ता गरिन् ।

दुईबीचको सम्बन्ध बिग्रिदैँ गएपछि नीतूले घर छोडेर पैसाको लागि सैलुनको व्यवसाय गर्न थालिन् । केही समय पछि दुईबीचको सम्बन्धमा सुधार आएपछिमात्र नीतू घर फर्केर ऋषी र र छोराछोरीको जीम्मेवारी सम्हाल्न थालेकी थिइन् ।

Rishi kapoor

विशेष