मनोरञ्जन

नेपाल आइडल विरुद्ध मुद्धा दर्ता

नेपाल आइडल विरुद्ध मुद्धा दर्ता

काठमाडौं । हाल सार्वधिक चर्चामा रहेको रियालिटि शो नेपाल आइडल विरुद्ध मुद्धा दायर भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो ।

आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ बमोजिम मुद्धा दायर गरेका हुन् । गत शुक्रबार आइडलका निर्णयकहरुको विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनताबाट प्राप्त भएको भोटको परिणाम सार्वजनिक नगरेकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको हो ।

पछिल्लो हप्ता कोही पनि प्रतियोगीलाई बाहिरिन नपरेपछि जनताको भोटलाई अपमान भएको भन्दै नेपाल आइडल विरुद्ध सामाजिक सञ्जालमा एक किसिमको तरंग नै मच्चिएको छ ।

Nepal Idol

विशेष