नेपाल विरुद्ध क्रिकेट खेल्न हङकङ टोली तयार
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालविरुद्धो छैठौं चरणको खेलको लागि हङकङले १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
यही अक्टोबर १३ र १५ मा हङकङको मिसन रोड क्रिकेट मैदानमा नेपाल र हङकङ बीच खेल हुनेछ ।
लिग पोइन्ट्स टेबलमा १० खेलमा ११ अंक सहित हङकङ तेस्रो स्थानमा छ भने नेपाल समान खेलमा ८ अंकका साथ छैठौं स्थानमा छ । प्रतियोगितामा उत्कृष्ट ४ टोलीले २०१८ विश्वकप छनौट प्रतियोगिता खेल्न पाउने छन् ।
हङकङ र युएईसँग २–२ खेल खेल्न बाँकी रहेको नेपाललाई उत्कृष्ट ४ मा पर्न सबै खेल जित्नुपर्ने दबाब रहेको छ ।
नेपालले यसै बर्ष मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिग टिम्स एसिया कपमा हङकङको सामना गरेको थियो जसमा नेपाल ७ विकेटले बिजयी भएको थियो ।
हङकङ टोली बाबर हायतको कप्तानीमा रहनेछ भने २४ बर्षीय एजाज खानको स्थानमा १९ बर्षीय ओपनर आयुस्मन राथलाई टोलिको उपकप्तानीको जिम्मेवारी दिएको छ । त्यस्तै टोलीमा १७ बर्षीय लेग–स्पिनर जथावेद सुब्रमन्यनलाई पनि स्थान दिईएको छ ।
यस्तो छ टिम :
बाबर हायत ( कप्तान )
आयुस्मन राथ ( उपकप्तान )
जेमी अट्कीन्सन
क्रिस कार्टर
निजाकत खान
सहिद वासिफ
एहसान खान
एजाज खान
वकास खान
तनवीर अफजल
एहसान नवाज
तनवीर अहमद
जथावेद सुब्रमन्यन
काएल क्रिस्टी