मनोरञ्जन

रेखा थापाको अंग्रेजीले हैरान !

रेखा थापाको अंग्रेजीले हैरान !

काठमाडौं । हुन त सबैले अंग्रेजी जान्नैपर्छ भन्ने छैन । तर, अंग्रेजी जाने पनि नजाने पनि मान्छेलाई अंग्रेजी भाषामा दखल राम्रो भएको देखाउन भने मन लाग्दो रहेछ । यस्तो चाहनाले नेतादेखि अभिनेता सबैलाई आकर्षित गर्छ ।

गायक राजेश पायल राईलाई आइ लभ यु भनेर सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजीमै स्टाटस लेखेकी रेखा थापाको भाषा हैरान पार्ने खालेका रहेछ ।
गत हप्ता गायक राजेश पायल राई नेपाल आइडलमा गेस्ट जज भएर पुगे । उनको प्रस्तुतिबाटै कार्यक्रमको सुरुवबात भयो । सार्वधिक रुचाइएको उनको प्रस्तुतिलाई तारिफ गर्नबाट नायिका रेखा थापा पनि चुक्न सकिनन् ।

सामाजिक सञ्जालमै उत्रिएर राजेशको उक्त प्रस्तुतीबारे स्टाटस हाल्न भ्याएकी रेखाले आफ्नो अंग्रेजीलाई कत्ति पनि ख्याल गरिनन् । रेखाले लेखेको उक्त स्टाटसमा कति गलत भन्ने आफैँ फोटो हेरेर मूल्यांकन गर्नुहोला । कक्षा आठ पढेकी भनेर उनको चर्चा हुने गर्छ । पढाइ जति नै होस न अंग्रेजीमा स्टाटस लेख्न सबैलाइ मन लाग्दो रहेछ ।

अंग्रेजीको व्याकरण बिगारे पनि रेखाले बच्चैदेखि सिकेको भएर हो वा किन हो ‘आइ लभ यु’ भने पटक पटक लेख्दा पनि शुद्ध नै लेखेकी छिन् ।

विशेष