पहिलो हाफमा ताजकिस्तान नेपालविरुद्ध २–० ले अघि

एएफसी एसियन कप–२०१९ को छनौट चरणमा नेपाल ताजकिस्तानविरुद्धको खेलमा २–० ले पछि परेको छ ।
मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा नेपाल र ताजकिस्तानबीच खेल चलिरहेको छ । पहिलो हाफको समाप्तिमा ताजकिस्तानको लागि जालिलोव मानुचेर र भसाइब दिलसोडले एक–एक गोल गरे ।
खेलको २५ औं मिनेटमा जालिलोवले ताजकिस्तानको लागि पहिलो अग्रता दिलाए भने त्यसको पाँच मिनेट भित्रै भसाइबले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर बनाएका छन् ।
football nepal vs tazikistan