नेपाल टेलिकमको तिजको अफर असोज ४ सम्म ढुक्कले चलाउनुहोस्
नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तिज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ ।
टेलिकमले जारी गरेको प्रेस विज्ञप्तीअनुसार, उक्तअफरअन्तर्गत जीएसएम प्रिपेड तथा पोष्टपेडमोबाइलमा युटुब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।
यी अफरहरु गत भदौ ५ देखि १९ गतेसम्म उपलब्ध गराइएको थियो । यस्ता अफरहरु उपभोक्ताले अत्याधिक रुपमा रुचाइएकोले गर्दा भदौ २० गतेदेखि आगामी असोज ४ गतेसम्म लिन सकिनेछ ।
युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।
डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधीसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधीसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।
युट्युब डाटा प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा SMS पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि PACK150 वा PACK250 लेखेर १४१५ मा SMS पठाउनु पर्छ ।