खेल

ताजकिस्तानविरुद्ध नेपाल २–१ ले पराजित

ताजकिस्तानविरुद्ध नेपाल २–१ ले पराजित

एएफसी एसियन कप–२०१९ को छनौट चरणमा नेपाल ताजकिस्तानविरुद्धको खेलमा २–१ ले पराजित भएको छ । मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा नेपाल र ताजकिस्तानबीच खेल भएको थियो । 

पहिलो हाफको समाप्तिमा ताजकिस्तानको लागि जालिलोव मानुचेर र भसाइब दिलसोडले एक–एक गोल गरे । खेलको २५ औं मिनेटमा जालिलोवले ताजकिस्तानको लागि पहिलो अग्रता दिलाएका थिए भने त्यसको पाँच मिनेट भित्रै भसाइबले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर बनाए ।

त्यस्तै दोस्रो हाफको ६० औं मिनेटमा विमल घर्ती मगरले नेपालको लागि एक गोल फर्काए । उक्त गोल पछि दुवै टोलिबाट गोल हुन नसकेपछि खेल २–१ ले ताजकिस्तानको पक्षमा गयो ।

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक मात्र जोडेको हो । नेपालसँग जितसँगै ताजकिस्तानले तीन अंक जोडेको छ । नेपालले अहिलेसम्म एक अंक मात्र जोडेको छ ।  ताजकिस्तानले यसअघिका दुई खेल हारेको थियो । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् । 

नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन ।

 

nepal vs tazikistan afc asia cup qualifiers

विशेष