इतिहासमा आज

आज इन्द्रजात्रा, यस्तो छ इन्द्रजात्राको महत्व

आज इन्द्रजात्रा, यस्तो छ इन्द्रजात्राको महत्व

काठमाडौं । बर्षा र सहकालका देवता इन्द्रको पुजा आराधना गर्दै आज इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाडौं उपत्यका लगायत काभ्रे र दोलखामा पनि मनाउने गरिन्छ । काभ्रेको साँगाबाट हनुमानढोकासम्म यो लिंगो तानेरै ल्याइन्छ ।

भाद्र कृष्ण द्वादशीका दिन हनुमान ढोका अगाडि लिंगो ठडाएपछि शुरु भएको इन्द्रजात्रामा नाचगान, रथयात्रा र देवीदेवताको पुजा गर्ने चलन छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राभर भक्कुनाच, महाकाली नाच, लाखेनाच र पुलुकिसी नाच समेत नचाउने गरिन्छ ।

इन्द्रजात्रामा आज जीवित देवी कुमारी, श्री गणेश र श्रीभैरवको रथयात्रा गरिन्छ । रथयात्रा दिउसो वसन्तपुरबाट शुरु भई मरुटोल, लगन, बम्हटोल हुदै फेरि वसन्तपुरमा पुगेर सकिन्छ ।

कुमारी, गणेश र भैरवको दर्शन गर्न राष्ट्रपति डाक्टर रामबरण यादव वसन्तपुर जाने कार्यक्रम छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

विशेष