मनोरञ्जन

कक्षा नौमा भर्ना भइन करिष्मा मानन्धर

कक्षा नौमा भर्ना भइन करिष्मा मानन्धर


काठमाडौं । चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् ।

७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल कक्षा आठ पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।

यसवर्ष भने उनी ग्यारेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।

नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।

उनले ७ कक्षा पढ्दै गर्दा सिनेपा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भएपनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न विद्यालयमा भर्ना भएको बताइन् ।

विशेष