समाज

एमाले सचिव योगेश भट्टराईले जन्मिदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिए

एमाले सचिव योगेश भट्टराईले जन्मिदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिए


काठमाडौं । एमाले सचिव योगेश भट्टराईले जन्मदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिएका छन् ।

आज जन्म दिन परेको उनले ताप्लजुङको फुङलिङ– ९ हाङदेवाका ७ वर्षीय मिलन शेर्पालाई भट्टराईले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भट्टराईले वर्षेनि जन्मदिनको अवसरमा बिपन्नलाई आर्थिक सहायता गर्दै आएका छन् ।

शेर्पाको मुटुमा समस्या र कुपोषण पीडित छन् । भट्टराईले एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनमार्फत सहयोग गरेका हुन् । उनले काठमाडौंमा उपचार गर्न अध्ययनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विशेष