मुख्य समाचार

रोकियो इम्बोस्ड नम्बर प्लेट वितरण

रोकियो इम्बोस्ड नम्बर प्लेट वितरण


काठमाडौं । सरकारले प्रदेशकै संरचना अनुसार इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ ।  अहिले अञ्चलको संरचना अनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण पनि रोकिने भएको छ ।

आज बसेको विकास समिति बैठकमा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी थाल्ने बताएका हुन् । उनले अहिले अञ्चलको नाम उल्लेख भएको स्थानमा प्रदेश राख्न प्राविधिक तयारी थाल्ने र त्यतिञ्जेल प्लेटको छपाइ रोक्ने जानकारी दिएका छन् ।

‘प्रदेशको नाम नटुंगेसम्म प्रदेशको पहिचान नम्बर राख्ने गरी हामीले तयारी थालेका छौं । त्यसलै अब तत्काल अञ्चलको नाम राखेर इम्बोस्ड वितरण हुँदैन’ भट्टराईले भने ।

त्यसका लागि आवश्यक ब्यवस्था र प्रविधिहरु परिमार्जनका लागि छलफल अघि बढाइने भट्टराईले बताए । सरकारले दुईसाता अघि मात्रै इम्बोस्ड प्लेटको वितरण थालेको थियो । सरकारीलाई अनिवार्य गर्दै बाग्मति अञ्चलबाट निजीलाई स्वेच्छिक रुपमा लिन सक्ने ब्यवस्था गरेको थियो ।

अहिले विभागका १२ वटा सवारीमा इम्बोस्ड जोडिसकिएको छ भने थुप्रै निजी सवारीले पनि इम्बोस्ड प्लेटका लागि आवेदन दिएका छन् ।

विशेष