हङकङ विरुद्ध क्रिकेट खेल्न नेपाली टोली तयार
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्धकाे छैठौं चरणको खेलको लागि नेपाली टोलीको घोषणा गरिएकाे छ ।
मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले १८ सदस्यीय टोलीको घोषणा गरेको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट बुधबार १८ सदस्य छानिएको हो । केही समयदेखि पायल्सको समस्याका पीडित शक्ति गौचन स्वास्थ्यकाे कारण टिममा छैनन् ।
यही अक्टोबर १३ र १५ मा हङकङको मिसन रोड क्रिकेट मैदानमा नेपाल र हङकङ बीच खेल हुनेछ ।
लिग पोइन्ट्स टेबलमा १० खेलमा ११ अंक सहित हङकङ तेस्रो स्थानमा छ भने नेपाल समान खेलमा ८ अंकका साथ छैठौं स्थानमा छ । प्रतियोगितामा उत्कृष्ट ४ टोलीले २०१८ विश्वकप छनौट प्रतियोगिता खेल्न पाउने छन् ।
हङकङ र युएईसँग २–२ खेल खेल्न बाँकी रहेको नेपाललाई उत्कृष्ट ४ मा पर्न सबै खेल जित्नुपर्ने दबाब रहेको छ ।
नेपालले यसै बर्ष मार्चमा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिग टिम्स एसिया कपमा हङकङको सामना गरेको थियो जसमा नेपाल ७ विकेटले बिजयी भएको थियो ।
यस्तो छ टिम :
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल (उपकप्तान)
- शरद भेषावाकर
- सुशील कँडेल
- नरेश बुढायर
- ललिट सिंह भण्डारी
- सन्दिप लामिछाने
- महबुब आलम
- जितेन्द्र कुमार मुखिया
- कुशल भुर्तेल
- आरिफ शेख
- सुशन भारी
- सागर पुन
- दिपेन्द्र सिंह ऐरी
- बसन्त रेग्मी
- करण केसी
- विनोद भण्डारी
- सोमपाल कामी