नेपाली जर्सीमा फिफाका अध्यक्ष इन्फान्टिनो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाली राष्ट्रिय फुटबल टोलको जर्सीमा देखिएका छन् ।
अध्यक्ष इन्फान्टिनोलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनकै नाममा अंकित ९ नम्बरको जर्सी उपहार स्वरुप पठाएका थिए । नेपाल फुटबल प्रति सद्भाव राख्दै एन्फान्टिनोले नेपाली जर्सी सहितको तस्बिर सार्वजनिक गरेका हुन् ।
गत हप्ता नेपाल भ्रमणमा आएका फिफा सदस्य एशोसियनका निर्देशक सन्जिवन बालासिग्मनका साथ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले उक्त जर्सी पठाएका थिए ।
Fifa president Gianni Infantino nepali jersey