मनोरञ्जन

रोमान्टिक गीत ‘कहिले तिम्रो आँखाले‘ म्युजिक भिडियो सार्वजनिक

रोमान्टिक गीत ‘कहिले तिम्रो आँखाले‘ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र खटिरहेकी साहित्यकार तथा गीतकार अम्बिका गुरुङको अर्को नयाँ रोमान्टिक गीत ‘कहिले तिम्रो आँखाले‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गुरुङको शब्दमा रहेको गीतमा गायक प्रराज पौडेलको आवाज रहेको छ । गुरुङले आफ्नै गीति एल्बम ‘भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गीतमा निल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् ।

निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय रहेको सो भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुँन् । हरी हुमागाईँद्वारा छायांकन गरिएको भिडियोको सम्पादन भने निशान घिमिरे हुन् ।

विशेष