मनोरञ्जन

सुरुमा मसँग कुनै स्टार पनि बोल्नै चाँहदैन थिए : सन्नी लियोनी

सुरुमा मसँग कुनै स्टार पनि बोल्नै चाँहदैन थिए : सन्नी लियोनी

एजेन्सी । भारतीय पोर्नस्टार सन्नी लियोनीले आफ्ना सुरुवाती दिनबारे केही नरमाइला अनुभव दर्शकमाझ साटेकी छिन् ।

बलिउडमा काम गर्दाको सुरुवाती दिनबारे सम्झिदै उनले भनिन्, ‘त्यस समय इन्डस्ट्रिमा धेरै यस्ता महिला पनि थिए जो मलाई मन नै पराउँदैनथे ।’

सन्नी एक अवार्ड सोमा सारिक हुन गइरहेकी थिइन् । त्यसबारे बाोल्दै सन्नीले भनिन्, ‘म त्यहाँ धेरै समयसम्म बसिरहें, तर धेरैजना मसँग स्टेज सेयर गर्न तयार नै थिएनन् । त्यतिबेला चंकी पाण्डे आए जो मसँग स्टेज सेयर गर्न चाहन्थे ।’

तर, यतिसम्म हुँदा पनि सन्नीले बलिउडमा आफ्नो भिन्नै पहिचान कायम गरिसकेकी छिन् । पछिल्लो तीन वर्षमा सन्नी लियोनी गुगलमा सार्वधिक खोजी हुने भारतीय पर्सनालिटी रहेकी छिन् । यसबारेमा सन्नी भन्छिन्, ‘मानिस सधैँ तपाइलाई तपाइकै कुराले चोट पुर्याउने गर्छन् । तर त्यो तथ्य झुठो हूँदैन ।

म जब यी तथ्यहरुलाई हेर्छु मलाई खुशी हुन्छु र सही ठाउँमा छु । मलाई आफ्ना फ्यानहरु सपोर्टिव भएकोमा गर्व छ ।’ सन्नी भन्छिन्, ‘मैले अहिलेसम्म जो मानिसहरुसँग काम गरेको छु, तीनै मेरा असल साथी हुन् । यो सुनेर मलाई अचम्म लाग्छ तर, म त्यही मानिसहरुसँग मिल्छु जोसँग मैले काम गरेको छु । म कुनै पनि सामाजिक ग्रुप या क्लबको हिस्सा बनेकी छैन ।’

केही समयअघि सन्नी र उनका पति डेनियलले एक बालिकालाई एडप्ट गरेका छन् । ती बालिकाको नाम उनीहरुले निशा राखेका छन् । सन्नी भन्छिन्, ‘म आफ्नी छोरीलाई खुशी राख्न पुरै कोशिश गर्छु ।’

विशेष