मनोरञ्जन

स्वस्तीमा भन्छिन्, ‘स्कुलको सबैभन्दा चकचके विद्यार्थी नै मै हुँ’

स्वस्तीमा भन्छिन्, ‘स्कुलको सबैभन्दा चकचके विद्यार्थी नै मै हुँ’

काठमाडाैं । मैले नर्सरीदेखि कक्षा एकसम्म काठमाडौं, शान्तिनगरस्थित ‘न्यू दीर्घायु सेकेन्डरी बोर्डिङ इंग्लिस स्कुल’ मा पढेकी हुँ । दुई र तीन कक्षा पनि शाज्तिनगरमै रहेो ‘प्राइसटन इन्टरनेसनल स्कुल’ मा पढें । कक्षा चारदेखि १० सम्म भक्तपुर, सल्लाघारीस्थित ‘वीरेन्द्र सैनिक आवासीय महाविद्यालय’ मा पढें ।

चार कक्षादेखि मेरो स्कुले जीवनका धेरै रमाइला घटना र स्मृति छन् । वीरेन्द्र सैनिकको स्कुल ड्रेस मलाई राम्रो लाग्थ्यो । सर्ट, टाई अनि स्कर्ट । त्यतिबेला दुई चुल्ठी बाटेर रिबन अनिवार्य लगाउनुपथ्र्यो । आर्मी स्कुल भएकाले एकदम कडा नियम थियो त्यहाँ । स्कुलको घण्टी बज्नुभन्दापहिला नै पुग्नुपथ्र्यो । त्यस स्कुलसँग थुप्रै तीतामिठा याद जोडिएका छन् । म कक्षाको सबैभन्दा छुकछुके र बदमास विद्यार्थीमा गनिन्थें । कक्षामा धेरै हल्ला गर्थें । जतिबेला पनि पटर पटर बोलिरहन्थें । त्यसैले टिचरले मलाई च्याटरबक्स भनेर जिस्याउनुहुन्थ्यो । उत्ताउलो व्यावहार देखाउने, छुच्ची अनि चञ्चले स्वभावको थिएँ । शिक्षकको नजरमा म चकचचके विद्यार्थी थिएँ । कक्षामा मलाई धेरै बोल्नुपथ्र्यो । जे काण्ड भएप्नि म नै फस्थें । सबैभन्दा अघि मेरै नाम आउँथ्यो ।

कक्षा चारमा भर्ना हुँदा मेरो अगाडिको दाँत थिएन । सबैले मलाई थोती भनेर गिज्याउँथे । रमाइलै लाग्थ्यो । चारमा पढ्दाताका नराम्ररी फसेको थिएँ । क्लास अफ थियो । बाहिर मजाले पानी परिरहेको थियो । मलाई पानीमा भिज्न एकदम मन लाग्ने । म र मेरा दुई साथी यही मौकामा ग्राउन्डमा भिज्न गयौँ । माथिबाट एक जना टिचरले हामीलाई देख्नुभयो । बदमास केटिहरु भनेर पिरियडभरि उठबस गर्न लगाउनुभयो । नराम्रोसँग सजाय पायौँ । भर्याङमा उक्लन ओर्लनै गाह्रो भएको थियो उठबस गरेर ।

कक्षा चार÷पाँच पढ्दा चेन खुल्ला देखेर साथीको ब्यागबाट दश रुपैयाँ उसले चाहा नपाउने गरि झिकेकी भिएँ । फटुयाइँ धेरै गरियो स्कुलमा । आठ÷नौ कक्षामा हुँदा म लास्ट बेन्चमा बस्थेँ । क्लास भइरहेको बेलामा साथीहरुसँग खुसुखुसु बोल्ने, साइड टक गर्ने, कुचुकुचु खानेकुरा खाने गर्थे ।
पढाइमा ठिकठिकै थिएँ । कहिलेकाहीँ कुनै विषयमा बढि नम्बर आउँथ्यो त कहिले फेल पनि भइन्थ्यो । स्कुलमा मलाई मन नपर्ने विषय गणित थियो । सबैभन्दा झुर विषय लाग्थ्यो गणित । त्यसमा कहिल्यै राम्रो नम्बर आएन । अरु विषय ठिकै लाग्थे । नेपाली विषय चाहीँ मलाई मन पथ्र्यो । त्यसमा भने ध्यान दिएर पढ्थेँ । अरु विषयमा त हल्ला गर्दै ठिक थियो ।

अतिरिक्ति क्रियाकलापमा पनि सहभागी हुन्थे । नाटक नृत्य र खेलकुदमा सक्रिय थिएँ । विशेषगरि मलाई खेलकुदमा दौड प्रतियोगिता खुब मनपथ्र्यो । एजेम्ब्लीमा पनि सजाए पाएकी छु । कक्षा १० मा पढ्दाको कुरा हो । मैले स्टेपकट स्टाइलमा कपाल काटेकी थिएँ । स्कुलको नियम अनुसार कपालको पार्टिसन सफा हुनुपथ्र्यो । मेरो कपालकाृ पार्टिसन रफ भएको रहेछ । एसेम्ब्लीमा इन्चार्जले आधी जति केटीलाई लाइनमा उभ्याए । तेल। काइँयो, क्लिप लगाएर एजेम्ब्लीमै उभ्याएर कपाल कोरिदिएको कहिल्यै बिर्सन सक्दिनँ । १० कक्षामा अनिवार्य रुपमा होस्टेल बस्नुपथ्र्यो । त्यहाँ बाहिरबाट खाना ल्याउन पाइँदैनथ्यो । मैले चाहीँ बासहरबाट लुकी लुकी खानेकरा ल्यउाउँथे । यस कारण पनि धेरै पटक कुटाइ खाइयो ।

वीरेन्द्र सैनिकमा लेफ्टिनेन्ट अर्थात डिआइ भन्ने हुन्थ्यो । साह्रै कडा थियो । ऊदेखि साह्रै डर लाग्थ्यो । उसलाई देख्नेवित्तिकै स्कर्टमा हात गइहाल्थ्यो । अनि कपाल सपक्क पाने गथ्र्यौं । स्कुल कडा भएकाले क्लस बंक गरिएन । नियमित स्कुल जान्थें ।

सम्पूर्ण साप्ताहिकबाट

Swastima Khadka

विशेष