खेल

रेफ्रिमाथि फिफाले लगायो आजीवन प्रतिबन्ध, खेल फेरि हुने

रेफ्रिमाथि फिफाले लगायो आजीवन प्रतिबन्ध, खेल फेरि हुने

दक्षिण अफ्रिका र सेनगलबीचको खेलका रेफ्रीमाथि आजीवन प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाएसँगै यी दुई टोलीबीचको खेल फेरि हुने भएको छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विश्वकप फुटबल २०१८ का लागि भएको दक्षिण अफ्रिका र सेनेगलबीचको खेलका रेफ्रि घानाका जोसेफ लाम्पटीमाथि आजीवन प्रतिबन्ध लगाएको हो ।

गएको नोभेम्बरमा भएको उक्त खेल प्रभावित पारेको आरोपमा फिफाले जोसेफलाई प्रतिबन्ध लगाएको हो । खेलमा रेफ्रि जोसेफले दक्षिण अफ्रिकालाई पेनाल्टीको अवसर दिएका थिए ।

रेफ्रीले सेनेगलका डिफेन्डर कालिदो काउलिबालीले ह्याण्डबल गरेको भन्दै दक्षिण अफ्रिकालाई पेनाल्टी दिएका थिए । तर रिप्लेमा ह्याण्डबल नभई घुँडामा लागेको देखिएको थियो । यो खेलमा दक्षिण अफ्रिका २–१ ले विजयी भएको थियो । दिनु नपर्ने पेनाल्टी दिएको भन्दै फिफाले लाम्पटीमाथि प्रतिबन्ध लगाएको हो । यो खेलमा अब दक्षिण अफ्रिका र सेनेगलबिचको रिप्ले खेल आउँदो नोभेम्बरमा हुनेछ ।

अफ्रिकी क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेका सेनेगल र दक्षिण अफ्रिका अहिले तेस्रो र चौथो स्थानमा छ ।

football refree

विशेष