मनोरञ्जन

‘म लेखेरै दिन्छु, ऋषी धमलाबिना पत्रकारितामा केही हुँदैन’

‘म लेखेरै दिन्छु, ऋषी धमलाबिना पत्रकारितामा केही हुँदैन’

काठमाडौं । यतिबेला पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम नायिका बन्ने भएपछि नेपाली सञ्चार तातिएको छ । एक अन्तर्वार्तामा बाेल्दै  एलिजाले  भनिन्, 'ऋषी धमाला जस्तो मेहनत गर्ने मान्छे कमै हुन्छन् । विहेको दिन एक घण्टा ढिलो आउनुभयो । बेहुला आउँदैन भन्न थाले, फोन पनि अफ थियो, बेहुला पक्षले फोन गर्दा उनी काममा थिए भन्ने खबर आयो । त्यस्तो खबरले दुःखी तुल्याएको थियो । तर अहिले उनलाई बुझेपछि त्यस्तो श्रीमान पाउँदा गर्व लाग्छ ।'

उहाँले केही गर्नुपर्छ भेनर साथ दिएकै कारण फिल्म बनाउँदै छु
सुरुमा उहाँजस्तै परिपक्व हुन मलाई गाह्रो भयो । अभिभावकत्वको भूमिका निभाउनुभयो । फिल्म क्षेत्रमा कलाकार भएर केही गर्न मन छ । उहाँले केही गर्नुपर्छ भेनर साथ दिएकै कारण फिल्म बनाउँदै छु । आफुनै प्रडक्सनमा प्रड्युसर भएर पहिलो चलचित्र बनाउन थालेको छु । लिड हिरोइनको पहिलो डेब्यु गर्दै छु । आउदो शुक्रबार प्रेसमिट राखेको छु । सबैले हेर्ने गरि लभ स्टोरी खालको । ज्ञान पनि दिने खालको सबैलाई मिल्दो रमाइलो इन्टरटेन गर्ने खालको ।

एलिजा भन्छिन् प्रधानमन्त्रीको ट्यागले मात्र के गर्नु
उहाँ नेपालको दाहिने हात हो । बाटोको एउटा बच्चाले पनि उनलाई चिन्छ भने बुढापाखाले पनि चिन्छन् । उहाँ नेपालको एउटा महत्वपूर्ण अङ हो । कसलाई पो रहर हुन्न र देश कै प्रधानमन्त्री हुन । तर प्रधानमन्त्रीको ट्याग मात्र लाएर के गर्नु काम पनि प्रधानमन्त्री झै गर्नु पर्यो नि । देशको लागि राम्रो गरुन यति चाहन्छु । बाहिर हल्ला त भैहाल्छ । राम्रो भन्दा नराम्रोको चर्चा बेसी हुन्छ । खुट्टा तान्ने मान्छे त जता पनि भैहल्छ नि । त्यो त कुनै ठूलो कुरा नि होइन् । 

छुच्चो मुखको भएतापनि प्रहार गर्ने हमला मनको कमलो
प्रश्नले प्रहार गर्नु पत्रकारको काम नै हो त्यसैले उनले आफुनो काम गर्दैहुनुहुन्छ । आज हमला गरेकै कारण उनलाई बाटोमा देख्ने सबैले उह हमला गर्ने धमला भन्दै चिन्छन् । हमला गर्ने त उनको काम हो तर उनी मनको एकदमै कमलो हुनुहुन्छ । कसै कसैले उनलाई खत्तम भन्छन् तर काम परेको बेला फोन गरेर मेरो यस्तो काम छ भनेपछि उनलाई सबै थाहा भएर पनि कहिल्यै नाइ भन्नुहुन्न् । पेशा र पर्सनालिटी त फरक हुनु नै पर्यो नि । 

‘ऋषी धमाला एकदिन नहुँदा केही पनि चल्दैन नेपालमा’
सबैलाई थाहा छ धमलाको प्रश्न के कस्तो हुन्छ । तर पनि उनको शोमा इन्टरभ्यु दिन आउने र घर गएर धमलाको शोमा इन्टभ्यु दिन गएको थिए यस्तो उस्तो प्रश्न गर्यो भनेर आइ हेट ऋषी धमाला भन्नु यो त अति नै हो । प्रश्न जे पनि आउन सक्छ भन्ने था भए जानी जानी आउनु अनि फेरि त्यस्तो भन्नु । त्यसो भए नआए कै राम्रो । उनलाई पनि थाहा छ नि के कति हदसम्म प्रश्न गर्ने र नगर्ने । त्या आएर चर्चामा आउनु र पछि धमलालाई खैरो खन्नु । धमला एक दिन नेपालमा भएनन् भने नेपाल नै चल्दैन । पत्रकारहरुको पकारिता नै हुँदैन् उनको बिना म लेखेरै भन्छु । उनको यत्रो योगदान छ नेपालमा ।

विशेष