समाज

भत्तपुरमा यसरी मनाइयो जिभ्रो छेड्ने जात्रा

भत्तपुरमा यसरी मनाइयो जिभ्रो छेड्ने जात्रा

भत्तपुर। एघार वर्षदेखि रोकिएको थिमीको जिब्रो छेड्ने जात्रालाई मध्यपुर थिमी–४, बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले बचाएका छन् ।

इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन गर्ने प्रसिद्ध थिमीको जिब्रो छेड्ने जात्रा ११ वर्षदेखि रोकिएको थियो । पछिल्लो पटक २०६३ मा कृष्ण नानीचा श्रेष्ठले जिब्रो छेडेयता थिमीको जिब्रो छेड्ने जात्रा रोकिएको थियो ।

 

 आर्थिक अभावका कारण थिमीको जिब्रो छेड्ने जात्रा लोप भएको स्थानीयको गुनासो छ । ‘थिमीको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आर्थिक अभावकै कारण लोप भएको हो’, स्थानीय प्रदीप श्रेष्ठले भने, ‘जिब्रो जसले छेडाउँछ, जात्रा सञ्चालनको सम्पूर्ण खर्चसमेत उसैले जुटाउनुपर्थ्यो ।’ ‘संस्कृति बचाउने नाममा सबै जिम्मेवारी एउटै व्यक्तिले लिनु कठिन भएकैले जात्रा लोप भयो’, उनले भने । यसवर्ष भने युवाहरुले येंया पुन्हिया मेय् प्वास् खनेगु जात्रा व्यवस्थापन समिति गठन गरी जिब्रो छेड्ने जात्रा सञ्चालनमा ल्याएको हो । यसवर्षदेखि जिब्रो छेडाउने व्यक्ति एक्लैले खर्च गर्नु नपर्ने समितिका सचिव हरिसुन्दर साँय् श्रेष्ठले बताए । जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करिब ६ लाख ७५ हजार खर्च उनी बताउँछन् । जसका लागि मध्यपुरथिमी नगरपालिकाले १ लाख विनियोजन गरेको समेत जनाएको छ ।

कृष्ण नानीचा श्रेष्ठले २०५२ मा २५ वर्षदेखि लोप भएको थिमीको जिब्रो छेड्ने जात्रालाई प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता त दिन सकेनन् । तर, पुनस् ०५७ र ०६३ मा गरी दस वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए । एघार वर्षपछि थिमीको जिब्रो छेड्ने जात्रा बचाउन विरेन्द्रभक्त अघि सरेका हुन् । ‘संस्कार र संस्कृति जोगाउने जिम्मा युवाको काँधमा आएको छ’, उनले भने, ‘हाम्रो पुस्ताले जोगाउन नसके संस्कृति इतिहासमा सीमित रहन्छ ।’

किम्बदन्ती अनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल ९बउचा० ले थिमीका मानिसलाई धेरै दुस्ख दिने गर्थे । उक्त भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल लगायतलाई पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुस्ख दिन छोडेको क्षणलाई स्मरण गरी जिब्रो छेड्ने परम्परा बसेको २०६३ मा जिब्रो छेडाएका नानीचा श्रेष्ठ बताउँछन् । ‘जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ ९मन्दिरको चारैतिर पर्दाले छोपेर कसैले नदेख्ने गरी गर्ने पूजा० प्रचलन थियो’, उनले भने, ‘अन्यत्रको जिब्रो छेड्ने जात्राभन्दा थिमीको जात्रा सञ्चालन अलिक अप्ठ्यारो किसिमको छ ।’

जात्राको चार दिनअघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसहरुलाई भोज खुवाउनुपर्ने कार्य जिब्रो छेडाउने व्यक्तिले गर्नुपर्ने उनी बताउँछन् । जिब्रो छेडाउन थिमीमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्नुपर्ने र आठ दिनअघिदेखि एक छाक मात्र खाएर शुद्ध भईबस्नु पर्ने, पशुपन्छीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघि देखि श्रीमतीको अनुहार हेर्न समेत नहुने उनी बताउँछन् । जिब्रो छेड्ने दिन थिमी लाय्कुका नायो पस्माहरु गई हनुमान ढोका लाय्कु ९दरबार०बाट राजाको चिनो ९खड्ग० लिएर आएपछि मात्र जिब्रो छेडाउने चलन रहेको छ ।

नकर्मीले डेढ महिनाअघि बनाएर तेलमा डुबाइराखेको करिब १० ईन्च लामो फलामको सियो देवगणको पूजा एवम् प्रार्थना गरी भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाउने प्रचलन छ । जिब्रो छेडाएपछि मानन्धर थरका व्यक्तिहरुले बालेको यास्मता ९लामो तीनवटा बत्ती० अघि–पछि राखी जिब्रो छेडाउने व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्विप बोकेर नगरपरिक्रमा गर्ने प्रचलन रहेको श्रेष्ठले बताए । जिब्रो छेडाएपछि विभिन्न भगवानको शक्ति उत्पन्न हुने र आफूले चाहेको स्थानमा जान सक्ने समेत उनी बताउँछन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै व्यक्ति हुनुपर्ने हुन्छ ।

थिमीमा जिब्रो छेडाउने व्यक्तिको परिक्रमा गर्ने स्थान निश्चित नभएको समेत जनाएको छ । जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आई सियो निकाल्ने र उक्त सियो बालकुमारी मन्दिरमा पूजा गरी मन्दिरकै खम्बामा गाड्ने प्रचलन छ । जात्रा लोप भए पनि पहिलेरपहिले जिब्रो छेडाएर निकालेको हजारौं सियो बालकुमारी मन्दिरहरुको चारैतिरको खम्बाहरुमा देख्न सकिन्छ । एकैपटक २७ जनाले जिब्रो छेडाएको इतिहास रहेको स्थानीय अजुन श्रेष्ठले बताए । यस जात्रामा त्रिशुल जस्तै तीन तिर भएको नातु९सुईरो०ले जिब्रो छेडाउने प्रचलन छ ।

प्वाल भएको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने श्रेष्ठले बताए । जिब्रो छेड्ने ब्यक्तिको घरमा आउनेजति सबैलाई जिब्रो छेडाएको भोलीपल्ट समेत दिनभर भोज खुवाउनुपर्ने परम्परा पनि रहेको छ । जिब्रो छेडाएर नगरपरिक्रमा गराए देशमा दुस्ख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने जनविश्वास छ । मध्यपुरथिमीकै बोडेस्थित प्रत्येक वर्षको वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्राले भने निरन्तरता पाइराखेको छ ।

 

विशेष