मनहरामा माक्स किन्ने बहानामा पसलभित्रै सिक्री लुटेर फरार
काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–८ मनिटारचोक घर भएकी मैया बुढाथोकीको करीब डेढ तोलाको सुनको सिक्री शुक्रबार लुटपाट भएको छ । बुढाथोकीको पसलमा माक्स किन्ने बहानामा हाल अल्फाबेट नखुलेको २२१ नम्बरको मोटरसाइकलमा आएका अपरिचित २ जनाले उनले घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएका थिए ।
लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।