मनोरञ्जन

वरुणालाई फेरि पनि सलमानको पिट्ने धम्की

वरुणालाई फेरि पनि सलमानको पिट्ने धम्की

एजेन्सी । बलिउड अभिनेता सलमान खानले फेरि पनि अर्का अभिनेता वरुण धवानलाइै पिट्ने धम्की दिएका छन् । २० वर्ष अघि सलमानले वरुणलाई अंकल भनेको भएर पिट्ने धम्की दिएका थिए ।

वरुण यतिबेला फिल्म ‘जुडुवा २’ को प्रचारमा व्यस्त रहेका छन् । फिल्मको प्रचारकै क्रममा वरुणले सन् १९९७ को कुरा सम्झिए । ‘फिल्म ‘जुडुवा’ को सुटिङमा वरुण पनि सँगै थिएँ । त्यतिबेला उनले सलमानलाई अंकल भनेर बोदाउँदा सलमान रिसाएछन् । वरुणलाई दाइ भन दाइ भनेर पनि सम्झाएछन् सलमानले । फेरि अंकल भनेमा नराम्ररी पिट्ने धम्की पनि दिएकाले वरुणले त्यो बेलादेखि सलमानलाई दाइ भनेछन् ।

त्यस्तै यसपाली भने सलमानले वरुणलाई फिल्म ‘जुडुवा २’ मा कमजोर काम गरेको भएमा पिट्ने धम्की दिएका छन् । २९ सेप्टेम्बरमा रिलिज हुन गइरहेको फिल्म ‘जुडुवा २’ को ट्रेलरले यतिबेला दर्शकमाझ राम्रै चर्चा पाइरहेको छ ।

Salman and Varun

विशेष