मनोरञ्जन

यी बलिउड कलाकार पनि आत्मकथाको तयारीमा

‘जीवनका संघर्षबारे उत्तर दिँदा दिँदा किताबै लेखें’

यी बलिउड कलाकार पनि आत्मकथाको तयारीमा

एजेन्सी । बलिउड अभिनेता नवाजउद्दिन सिद्धिक्वी आत्मकथाको तयारीमा लागेका छन् । उक्त आत्मकथामा उनले एक किसानको छोराले बलिउडमा प्रवेश गर्दाका संघर्षका कथाको बयान गर्नेछन् ।

अक्टोबर २७ मा सार्वजनिक हुन लागेको उक्त किताबकोबारेमा मिडियासँग कुरा गर्दै नवाजुद्दिनले भने, ‘उक्त किताबले मेरो अहिलेसम्मको जीवनको बयान गरेको छ । मेरा बाबु किसान थिए र मैले अभिनयमा लाग्नकै लागि गाउँ छोडेर हिँडे । मलाई मेरो पारिवारिक वातावरण, परिवार र मेरा संघर्षबारे धेरै प्रश्न गरिन्छन् । त्यही उत्तर दिँदा दिँदै मैले कितबै लेखेँ र केही समयमा सार्वजनिक गर्दै छु ।’

आफ्ना गाउँका साथीहरु र परिवारले किताब लेख्नको लागि धेरै साथ र सहयोग गरेको बताउँदै उक्त किताबमा थियटरमा तालिममा भाग लिदाका दिनहरुलाई पनि समावेश गरेको उनले बताए ।

पछिल्लो समय फिल्म ‘बाबुमोसाइ बन्दुकबाज’ मा देखिएका नवाजउद्दिन आफू फिल्मको बजेट भन्दा पनि कला र सिर्जनालाई महत्व दिने बताउँछन् ।

nawaz

विशेष