मनोरञ्जन

दशैँ पछि विवाह गर्दै शिल्पा र छवि

दशैँ पछि विवाह गर्दै शिल्पा र छवि

काठमाडौं । यसपटक फेरि पनि फिल्म प्रचार गर्ने समयमा नायिका शिल्पा पोख्रेल र निर्माता छविराज ओझाको विवाको हल्ला फैलन थालेको छ ।

एक अन्तर्वार्तामा बोल्दै शिल्पाले आफूले फिल्म ‘मंगलम’ रिलिज पछि छविराज ओझासँग विवाह गर्ने बताएकी छिन् । उनी अभिनित तथा निर्मित फिल्म ‘मंगलम’ यही असोज ११ गते रिलिज हुँदै छ । अहिले विवाहको साहित नजुरेको र गुरुले साहित जुराएपछि गर्ने पनि शिल्पाले बताइन् ।
प्रेमलीला बारे बोल्दै छविले शिल्पासँग बाहिर डेटिङ जाने नगरेको बताउँदै आफूहरु अफीसमै डेटिङ बस्ने गरेको बताए । त्यस्तैगरि शिल्पाले पनि छविराजको नराम्रो बानीबारे बोल्दै भनिन्, ‘मान्छेको अगाडि प्याच्च गाली गर्ने बानी मन पर्दैन ।’

हुन त अघिल्लो वर्ष पनि फिल्म रिलिजको क्रममा यी दुईबीचको विवाहको हल्ला फैलिएकै थियो । फिल्मको प्रचारकै लागि यस्तो हल्ला गरेको भनेर पनि निमार्ता ओझाले स्वीारेका थिए । यस वर्ष पनि कतै हल्ला त होइन ?

Shilpa and chabi

विशेष