मनोरञ्जन

यसकारण अवार्ड सोमा जाँदिनन् कंगना

यसकारण अवार्ड सोमा जाँदिनन् कंगना

एजेन्सी । बलिउडमा अवार्डको कुरा गर्दा, अभिनेत्री कंगना रनौट र अभिनेता आमीर खान चर्चामा आउँछन् ।

किनभने यी दुईलाई कुनै पनि अवार्ड सोमा देखिदैँन । त्यसमाथि कंगना त सामाजिक सञ्जालमा पनि सक्रिय छैनन् । यसै सेरोफेरोमा रहेर एक अन्तर्वार्तामा फ्यानले कंगनालाई अवार्ड सो र सामाजिक सञ्जालमा सक्रिय नहुनुको कारण के हो भनेर प्रश्न गरे । जवाफमा कंगनाले भनिन्, ‘सामाजिक सञ्जालमा एकसाथ मानिसहरुले प्रतिक्रिया दिँदा म नर्भस हुन्छु । तर, मलाई मानिसहरुसँग भेटघाट गर्न र बोल्न रमाइलो लाग्छ । अवार्ड फङ्सन त एक नंबरको फ्रड हुन्छ । सकेसम्म तपाईं पनि नहेर्नुहोला ।’

कंगना यतिबेला आफ्नो आउँदै गरेको फिल्म ‘सिम्रन’ को प्रचारमा व्यस्त रहेकी छिन् । फिल्म सेप्टेम्बर १५ मा रिलिज हुँदै छ ।

 

kangana ranaut

विशेष