मनोरञ्जन

परिवारवादको विवाद पछि पनि करणले कंगनाको तारिफ गरे

परिवारवादको विवाद पछि पनि करणले कंगनाको तारिफ गरे

एजेन्सी । पछिल्लो समय बलिउडमा कंगना रनौट र करण जोहरबीचको विवादबारे धेरै चर्चा भयो । एक चर्चित म्यागजिनसँग कुरा गर्ने क्रममा कुन सेलिब्रेटिको स्टाइल मन पराउनुहुन्छ भन्दा करणले सोनम कपूर र कंगना रनौटको नाम लिए ।

आफ्नो मनपर्ने स्टाइलबारे बोल्दै करणले भने, ‘सोनम जे पनि लगाउँछिन्, मलाई मनपर्छ । मलाई कंगनाको स्टाइल पनि मनपर्छ ।’ त्यस्तैगरि कसलाई फेसन एडभाइस दिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म फेसन एडभाइस सिद्धार्थ मल्होत्रा, वरुण धवान र आलिया भट्टलाईमात्र दिन सक्छु किनभने उनीहरुमा मेरो हक लाग्छ ।’

कंगनाले करणलाई नातावादको र 'मुभि माफिया' को आरोप लगाएकी थिइन् । त्यसपछि यी दुईबीच विवाद बढ्दै गएको थियो । 

 

kangana and karan

विशेष