समाज

मादी नदीले बगाएर बालक बेपत्ता

मादी नदीले बगाएर बालक बेपत्ता

दमौली । व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रुचाललाई नदीले बगाएको हो । बेपत्ता बालकको प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेको बताइएको छ । 

drown

विशेष