देश

बञ्चरो प्रहार गरी मध्यरातमा सौताको हत्या

बञ्चरो प्रहार गरी मध्यरातमा सौताको हत्या


सल्यान । सल्यानमा बञ्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।

सल्यानको दार्मा गाउँपालिका–३ मा गएराति बन्चरो प्रहारबाट स्थानीय कमल केसीकी जेठी श्रीमती रुपाको मृत्यु भएको हो । प्रहरीका अनुसार कमलकी कान्छी श्रीमती कल्पना चन्दले प्रहार गरेको बन्चरोले लागेर रुपाको मृत्यु भएको हो ।

गएराति १ बजे बन्चरोले लागेर गम्भीर घाइते भएकी रुपाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा बिहान साढे ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।

विशेष