मनोरञ्जन

ऋतिक रोशन जन्मदिन मनाउँदै, कति वर्षका भए ?

ऋतिक रोशन जन्मदिन मनाउँदै, कति वर्षका भए ?

भारतका चर्चित कलाकार ऋतिक रोशनले बुधवार जन्मदिन मनाउँदैछन् । ऋतिक बुधबारबाट ४४ वर्षका भएका हुन् । फिल्म क्षेत्रमा निकै ठुलो सफल्ता हात पारेका ऋतिकका प्राय जसो फिल्महरु फिल्म क्षेत्रका लागि सफल मानिन्छ । 

ऋतिकले सन् २००० मा फिल्म ‘कहो न प्यार हे’मा पहिलो पटक मुख्य भूमिका निर्वाहा गरेका थिए । यसअघि उनले दर्जन बढी फिल्ममा बाल कलाकारको रुपमा काम गरेका थिए । पहिलो फिल्मले नै निकै चर्चा कमाउन सफल ऋतिक कैयौं सुपरहिट फिल्ममा अभिनय गरिसकेका छन् ।

उनको पहिलो फिल्म ‘कहो न प्यार हे’पछि युवतीहरु उनका दिवाना भएका थिए । जन्मदिनको अवसर पारेर ऋतिकलाई प्रशंसक र बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।

यस्तै, ऋतिककी पूर्व पत्नी सुजेनले पनि इन्स्टाग्राममा एक सेल्फी शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । रितिक र सुजेलका दुई छोरा रेहान र रिदान छन् । ऋतिकले कृष, कोई मिल गया, मोहनजोदारो, काबिल, धूम २, जोधा अकबर जस्ता फिल्ममा काम गरिसकेका छन् ।

Hritik Roshan

विशेष