डा केसीविरुद्धकाे मुद्दाकाे बहस सकियो, अाज पनि हिरासतमै
काठमाडाैं । नागरिक अभियान्ता डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भएकाे हाे ।
बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए ।
यता केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी लगायतले बहस गरे ।
बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका थिए । वकिलहरूले उनीमाथि लागेको आरोपबारे बोल्न दिन अदालतसँग माग गरेका थिए ।
मंगलबार हेर्दाहेर्दैमा रहेकाे बहस अाज बुधबार सकिएकाे हाे । आजै हिरासतमा राख्ने गरी अदालतकाे आदेश आउने बताइएकाे छ ।