मुख्य समाचार

गोविन्द केसीको पक्षमा सय जना वकिलले बहस गर्ने, हिरासतमै अनशन

गोविन्द केसीको पक्षमा सय जना वकिलले बहस गर्ने, हिरासतमै अनशन

काठमाडौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा गोविन्द केसीको मुद्दामा बुधबार सुनुवाई हुँदैछ । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको छ ।

मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार सुनुवाई हुने भएको हो । बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताउनुभएको छ ।

केसीका पक्षमा सयजना वकिल

अदालतको अपहेलना अभियोगमा गिरफ्तार भएका डाक्टर गोबिन्द केसीको पक्षमा सयजना वकिलले वहस गर्न वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठीलगायत झण्डै सयजना वकिलले उहाँको पक्षमा बहस गर्ने भएका हुन् ।

हिरासतमै अनशन

सर्वोच्च अदालतको आदेशमा मंगलबार बेलुकी पक्राउ परेका डा। केसीले हिरासतमै अनशनलाई निरन्तरता दिनुभएको छ । केसीले माग पूरा नभएसम्म अनसन नछोड्ने अडान राख्नुभएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर उहाँले सोमबार १४ औँ अनशन थाल्नुभएको हो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा। डा। शशि शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी उहाँले सोमबार अनशन सुरु गर्नुभएको थियो । उहाँलाई सोमबार नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

विशेष