मनोरञ्जन

सलमानको टाइगरले कमायो आधा महिनामै पाँचसय करोड

सलमानको टाइगरले कमायो आधा महिनामै पाँचसय करोड

मुम्बर्इ। बलिउड सुपरस्टार सलमान खानको ब्लकबस्टर हिट ‘टाइगर जिंदा है’ ले एेतिहासिक सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाएको छ ।

२२ डिसेम्बर २०१७ मा रिलिज भएको उक्त फिल्मले रिलिज भएको १६ दिनमै सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्म बन्न सफल भएको हो । फिल्म ३०० करोडको क्लबमा सामेल भइसकेको छ भने यसअघिको सलमानको आफ्नै फिल्मको रेकर्ड पनि तोडेको छ।

फिल्म ‘सुल्तान’ र ‘बजरंगी भाईजान’ ले बक्स अफिसमा क्रमश ३००.४५ र ३२०.३४ करोडको कमाइ गरेको थियो ।

भारतमा मात्र नभर्इ ‘टाइगर जिंदा है’ले विदेशमा पनि राम्रो व्यापार गरेको छ । विश्वभरिको कमाइको हिसाब गर्ने हो भने १५ दिनमै फिल्मले करीब ५०० करोडको व्यापार गरिसकेको छ । भारतमा कुल ३७४ करोड कमाइ गरेको छ भने अन्य देशमा ११३ करोडभन्दा बढी कमाइ गरेको तथ्यांक देखाइएको छ ।

५०० करोडको क्लबमा हालसम्म डबिङ गरिएको हिन्दी फिल्म ‘बाहुबली-२’ मात्र थियो । विशुद्ध हिन्दी फिल्मको कुरा गर्ने हो भने ‘टाइगर जिंदा है’ को आसपास अन्य कुनै फिल्म देखिएको छैन ।

सलमान खानको यो फिल्मले अरु दुर्इ खानलार्इ पनि पछाडि छोडेको छ । आमिरको ‘धूम-३’  २८४ करोड र शाहरुखको ‘जब तक है जान’ २२ करोडको रेकर्डलार्इ फिल्मले उछिनेको हो । तर यी तीनवटै फिल्म यशराज ब्यानरको हो ।

अली अब्बासद्वारा निर्देशित ‘टाइगर जिंदा है’ सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वल हो । सलमानको फिसबाहेक १५० करोडमा निर्मित यो फिल्मले रिलिज भएको चौथो दिनमै लगानी उठाएको छ ।

विशेष