समाज

 एकाविहानै लालबाबु झाडू लिएर सडकमा निस्किएपछि...

 एकाविहानै लालबाबु झाडू लिएर सडकमा निस्किएपछि...

काठमाडाैं । एमाले नेता लालबाबु पण्डित बिहीबार बिहानै हातमा झाडू लिएर राजधानीका सडकमा झुल्किएका छन् । पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेका पण्डित बिहीबार बिहानै राजधानीको तिनकुनेमा झाडू लिएर तिनकुनेमा झुल्किएका हुन् ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेका उनको समूहले बिहानभर सडक सफा गरेको थियो । क्लिन काठमाडौं अभियान अन्तरगत सो समूहले कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक सफा गरेको थियो ।

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको जनाइएको छ । पण्डित सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका थिए ।

विशेष