मनोरञ्जन

अनुष्काको फिल्म ‘परी’ को प्रदर्शन मिति सर्यो (टिजरसहित)

अनुष्काको फिल्म ‘परी’ को प्रदर्शन मिति सर्यो (टिजरसहित)

हिन्दी फिल्म ‘परी’को प्रदर्शन मिति परिवर्तन भएको छ । बलिउडकी चर्चित नायिका अनुष्का शर्माको आउँदै गरेको फिल्म ‘परी’ को प्रदर्शन मिति परिवर्तन भएको हो ।

 

अनुष्काले ट्वीटरमार्फत फिल्म प्रदर्शन मितिको जानकारीसहित फिल्मको टिजर सार्वजनिक गरेकी छिन् । फिल्मको नाम ‘परी’ भए पनि टिजरमा अनुष्का निकै खतरनाक भूमिकामा देखिएकी छिन् ।

 

फिल्म ‘परी’ आगामी होली अर्थात मार्च २ मा रिलिज हुँदैछ । यसअघि फिल्म ‘परी’ र सिद्धार्थ मल्होत्रा, रकुल प्रीत र मनोज बाजपेयीद्वारा अभिनित फिल्म ‘अय्यारी’को प्रदर्शन मिति जुधेकाले यो फिल्मको समूह तनावमा थियो ।

 

अब भने फिल्म ‘अय्यारी’ फेब्रुअरी ९ मा प्रदर्शन हुनेछ भने अनुष्काले ‘परी’ यो वर्षको होलीमा प्रदर्शन हनेभएको छ ।

विशेष