‘यस्तो जाडोमा नुहाउने महिलाहरुलाई राज्यले देवी घोषणा गर्नुपर्छ’ (भिडियोसहित)
'स्वस्थानी महात्मा गान्धीको दारुण कथा हो'
काठमाडौं । मुकुन्द घिमिरे अर्थात् ‘मुकुन्दे’ लाई नचिन्ने सायदै छन् यो सहरमा । उनी आफूलाई ‘पब्लिक हिरो’ ठान्छन् ।
त्यसो त राजनीतिक विषयमा १० वर्षअघि उनले गरेका अनुमानिक टिप्पणी र ब्याख्या अहिले सही प्रमाणित पनि भए । जस्तै, माओवादीको बिघटन । पहिलो संविधानसभाको बिघटन आदि । यस्तै रोचक–घोचक टिप्पणी गर्ने एकल पात्रको रुपमा आम युवामाझ चर्चित छन् उनी ।
यसबाहेक कतिपय ‘मीथ’ माथि मुकुन्दले गर्ने रोचक ओलचना पनि अचेल ‘ट्वीटर’ र ‘फेसवुक’मा चर्चित हुन्छन् ।
हिन्दु नेपाली समाजमा स्थापित प्राचिन कथा स्वस्थानी व्रतकथाबारे पछिल्लो समय उनले केही रमाइला टिप्पणी गरेका छन् ।
पछिल्लो साता यीनै सन्दर्भमा नेपालआजको स्टुडियोमा आएर मुकुन्दले कञ्चन न्यौपानेसँग रोचक संवाद गरेका छन् ।
‘स्वस्थानी कथामा वर्णन गरिएका शिव शर्मा पात्र महात्मा गान्धीसँग मिल्दोजुल्दो देखिन्छ,’ मुकुन्दले भनेका छन्, ‘बाबुआमाको अघि घुमेर खाने र प्रधानमन्त्री हुने राजीव गान्धीलाई गणेश भनियो ।’
यस्तै ‘स्वस्थानी कथालाई महात्मा गान्धी र जवाहरलाल नेहरुको वरिपरी रहेर रचिएको आधुनिक कथा’ भएको उनको सतही विश्लेषण छ । जसलाई पुरानो कथा भनेर नेपालमा लागू गरिएको उनी बताउँछन् ।