मनोरञ्जन

‘बक्सर’ बन्दै नम्रता

‘बक्सर’ बन्दै नम्रता

काठमाडौं । नेपाली सिनेनगरीमा नायिकका नम्रता श्रेष्ठको कुनै पनि चर्चा छैन । फिल्म ‘पर्व’ले बक्स अफीसमा खासै कमाल गर्न नसकेपछि नर्मताको कुनै पनि फिल्म आएका छैनन् ।

नाटकमै व्यस्त रहेकी नम्रता अब भने बक्सरको भूमिकामा देखिन लागेकी छिन् । खबरअनुसार फिल्म ‘जाइरा’ मा नम्रताले बक्सरको भूमिका निभाउने भएकी हुन् ।

फिल्ममा उनको जोडी अनुपविक्रम शाहीसँग जोडिने खबर छ । यसबारेमा नम्रताले भने खासै केही खबर दिन मानिरहेकी छैनन् । फिल्मको तयारीका लागि नम्रता अहिले आफ्नो बढिजसो समय जिममा बिताउने गरेको खबर बाहिरिएको छ ।

विशेष