कर्पोरेट

साहासिक यात्राको लागि ३०० सिसि इन्जिनसहितकाे मोजो बाइक

साहासिक यात्राको लागि ३०० सिसि इन्जिनसहितकाे मोजो बाइक

पोखरा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्कले पोखरामा मोजो बाइक विक्रि सुरु गरेको छ । अग्निले ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४’ को अवसरमा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस्माफर्त मोजो बाइक विक्री सुरु गरेको हो ।

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४’ आज विहीबारदेखि सुरु भएको छ । मेला अवधिभर मोजो बाइक खरिद गर्ने ग्राहकले अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । महिन्द्राको मोजोले उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रेडेक्टर स्टाइलिङ्गसहितका मस्कुलिन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । ईएफआई सिलिन्डर इन्जिनले २७ विएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता दिने कम्पनीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथनिर्माण गरिएको यो बाइले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने कम्पनीले जनाएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएको छ । कम्पनीले महिन्द्रा ब्राण्डका उत्पादनहरु नेपालअधिराज्य भरि विक्री र पछिको सम्पूर्ण सेवाप्रदानगर्दै आएको छ ।

विशेष