मनोरञ्जन

हट सिन हटाएको भन्दै तनावमा यी नायिका

हट सिन हटाएको भन्दै तनावमा यी नायिका

एजेन्सी f हिन्दी चलचित्र ‘जुली–२’ बाट बलिउडमा डेब्यु गरेकी दक्षिण भारतीय नायिका रायलक्ष्मी अहिले तनावमा छिन् । चलचित्र रिलिज हुनुअघि नै केही हट दृश्य अनलाइनमार्फत बाहिरिएपछि उनी तनावमा परेकी हुन् ।

आफू अभिनीत चलचित्रका केही दृश्य बाहिरिएपछि आफू तनावमा रहेको भन्दै उनले ट्विट गरेकी छन् । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीसँगको सम्बन्धका कारण पनि केही समय पहिले उनी चर्चामा आएकी थिइन् ।

उनले ट्विट गर्दै छन्, ‘यो के हुँदैछ । म निकै चिन्तित छु ।’ तीन मिनेट लामो भिडियो अनलाइनमार्फत सार्वजनिक भएको हो । भिडियोमा रायलक्ष्मी कामुक देखिएकी छन् । दीपक शिवदासानीले निर्देशन गरेको ‘जुली–२’ सन् २००४ मा बनेको ‘जुली’ को सिक्वेल हो ।

विशेष