मनोरञ्जन

आमा बन्दै नायिका निशा अधिकारी

आमा बन्दै नायिका निशा अधिकारी

काठमाडौं ।  नायिका नीशा अधिकारीका फ्यानहरुलाई खुसीको खबर आएको छ ।

२०१८ को सुरुवातसँगै नायिका नीशाले आफ्ना फ्यानमाझ खुसीको खबर साटेकी छिन् । के हो त्यस्तो खुसीको खबर रु नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष लगनगाँठो कसेकी नीशा आमा बन्दैछिन् ।

नीशाले यो खुलासा सोमवार आफ्नो आधिकारीक फेसबुकमा तश्विर र स्टाटस लेख्दै गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् ।

यसरी आफू गर्भवती भएको भनेर तश्विर शेयर विशेषगरि हलिउड र बलिउडका सेलिब्रेटीले मात्र गरेको देखिन्छ । निर्मात्री तथा अभिनेत्री अधिकारीले पनि यही ट्रेन्डलाई पछ्याउने काम गरेकी छिन् । हाल अमेरिकामा रहेकी नीशाले मंसिर १ गते प्रदर्शनमा आएको फिल्म झ्यानाकुटी निर्माण गरेकी थिइन् ।

विशेष